मध्यपुर थिमी, भक्तपुरस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले भाद्र २५ गते कक्षा ९ र १० का विद्यार्थीहरूका निम्ति अभिमुखीकरण तथा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
प्रहरी वृत्त तथा साइबर अपराध ब्युरोको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुलाई साइबर अपराध, त्यसबाट बच्ने उपायका बारेमा प्रकाश पारिएको थियाे ।
महानगरीय प्रहरी वृत्त ठिमीकी प्रशिक्षक सृजना पोखरेलको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरूलाई साइबर अपराध यसका रोकथाम र यसबारे सचेत बन्दै अगाडि बढ्नुपर्ने बारेमा अभिमुखीकरण गरिएको थियो ।
अन्तरक्रियात्मक शैलीमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूले साइबर अपराध र यससँग सम्बन्धित कुराहरूको बारेमा जिज्ञासा व्यक्त गरेका थिए ।