भक्तपुर नगरपालिका- १० मुलढोकास्थित इष्ट पोइण्ट एकेडेमीको आयोजनामा जिल्लास्तरिय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सरस्वती मावि प्रथम, महेन्द्र विद्याश्रम दोस्रो र एड्भान्स एकेडेमीले तृतियस्थान प्राप्त गरे भने विनायक शिक्षा निकेतन र जनप्रेमी उच्च मावि सान्तवना स्थान प्राप्त गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले नगरपालिकाले निरन्तर रुपमा सम्पदा संरक्षण सँगसँगै कला र सँस्कृतिको संरक्षण गरिरहेको अवगत गराउँदै उनले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी विद्यार्थीहरुलाई कला,संस्कृति र सम्पदा सम्बन्धी ज्ञान दिन खोजिरहेको बताए ।
कार्यक्रममा विशेष अतिथि बाजुरा जिल्लाका न्यायाधीस लालकाजी श्रेष्ठले नेपाल विभिन्न जात जाती र धर्म सँस्कृति मान्ने थलो भएको हुँदा धार्मिक सहिष्णुता र एक आपसमा सद्भाव रहीआएको चर्चा गरे ।
प्रतियोगितामा भक्तपुरका ११ वटा विद्यालयले देउसी भैलो कार्यक्रममा सहभागिता जनाएका कार्यक्रमका सभापति एवं विद्यालयका संस्थापक प्रिन्सिपल रमेशचन्द्र श्रेष्ठले जानकारी दिए ।